सेयर बजार ओरालो यात्रामै
प्रकाशित मिति
२०७९ आश्विन ३० गते, आईतवार ०४:४०
३० असोज २०७९, काठमाडौँ: साताको पहिलो कारोबार दिन आज (आइतबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको छ । नेप्से ०.५२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेको छ ।
कूल २२१ वटा कम्पनीको २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ८० करोड ३५ लाख २५ हजार ५ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये वाणिज्य बैंक र उत्पादन तथा प्रशोषन बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।
आइतबार एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४७ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३४ रूपैयाँ ६० पैसा पुगेको छ ।
यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ५५ रूपैयाँ ७० पैसामा झरेको छ । दोश्रो बजारमा कम्पनीको कारोबार आजैबाट मात्र सुरू भएको हो ।







प्रतिकृया