• १३ असोज २०८३, मंगलबार
  • २ः२८ दिउँसो

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय अधिवेशन सुरू भयो, सी फेरि महासचिव चुनिने अपेक्षा

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०३:५८

३० असोज २०७९, काठमाडौँ: चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन आइतबारबाट सुरू भएको छ। सिन्ह्वाका अनुसार आइतबार बिहान राजधानी बेइजिङको ग्रेट हल अफ द पिपलमा पार्टीको अधिवेशन सुरू भएको हो। राष्ट्रिय अधिवेशनमा पार्टी महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाभाइरसविरूद्ध चीनको लडाइँ र चीनले लिएको आर्थिक नीतिको प्रशंसा गरेका छन्।

National Life

पाँच-पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको यो अधिवेशनमा देशभरिबाट झन्डै २३ सय जना प्रतिनिधि सहभागी छन्।एक सातासम्म चल्ने अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि सी नै फेरि चुनिने सम्भावना छ। सन् २०१२ मा पहिलो पटक महासचिव भएका सीले यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीको विधानबाट दुई कार्यकालको सीमा हटाइसकेका छन्।


शीर्ष नेतृत्वमा सी दोहोरिए पनि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा यसपालि धेरै फेरबदल हुने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया