• १३ असोज २०८३, मंगलबार
  • २ः४५ दिउँसो

अमिताभ बच्चन आज ८० औँ जन्मदिनमा उनकै फिल्मको फेस्टिभल

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार १०:४५

२५ असोज २०७९, काठमाडौँ: अक्टोबर ११ मा ८० औं जन्मदिन मनाउन गइरहेका अमिताभ बच्चनको सम्मानमा भारतको फिल्म हेरिटेज फाउन्डेसनले फिल्म फेस्टिभल गर्ने भएको छ । फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म अमिताभ बच्चन अभीनित फिल्म देखाउने भएको छ ।

National Life

४ दिनसम्म चल्ने फेस्टिभलमा पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । यसरी प्रदर्शन हुने फिल्ममा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुपके चुपके रहेका छन् ।


अभिताम बच्चनले यसरी कुनै दिन आफ्ना फिल्म यसरी देखाइनेछन् भन्ने कल्पना पनि नगरेको तर फिल्म हेरिटेज फाउन्डेसन एवं पीभीआरको यो कदमले आफूसँग निर्देशकको काम पनि सर्वसाधारणले फेरि हेर्न पाउने बताएका छन् । ‘मेरो काम मात्र होइन, मेरा सहकर्मी, निर्देशक र प्राविधिकको काम पनि फेरि एक पटक हेर्न पाइने भएको छ । यो साँच्चै स्तुत्य प्रयास हो,’ अमिताभ बच्चनले प्रतिक्रिया दिएका छन् । फेस्टिभलका दौरानमा मुम्बई, कलकत्ता, दिल्ली, बेंगलोरसँगै बच्चनको गृहनगर प्रयागराजका हलमा पनि यी फिल्म देखाइनेछन ।
 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया