५ वर्षमुनिका बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ए खुवाइने

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार १०:५०

२५ असोज २०७९, काठमाडौँ: ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । आगामी कार्तिक २ र ३ गते भटामिन ए खुवाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।महाशाखाका निर्देशक डा.विवेक कुमार लालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी दिएको छ ।


कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाले अनुरोध गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ ।

प्रतिकृया