• ११ असोज २०८३, आइतबार
  • ३ः१५ राती

पिएसजी रेइम्ससँग बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

प्रकाशित मिति

२०७९ आश्विन २३ गते, आईतवार ०८:१३

२३ असोज २०७९, काठमाडौँ: रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।

National Life

अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।


खेलको ४१औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। बराबरीसंगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्षस्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया