• २० भदौ २०८३, शनिबार
  • ११ः३६ राती

लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

प्रकाशित मिति

२०७९ आश्विन २२ गते, शनिबार ०७:२१

२२ असोज २०७९, काठमाडौँ : दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन ।

National Life

लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमान्‌को मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् ।


शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए ।

Classic Tech Desktop

प्रतिकृया