• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नेपाल लाइफ इन्स्योरेन्सको कल सेन्टर दशैं विदाको समयमा पनि संचालनमा रहने

प्रकाशित मिति

२०७९ आश्विन १४ गते, शुक्रबार ०७:०९

१४ असोज २०७९, काठमाडौँ : नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैं विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।


ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टर मा कल , इमेल, ह्वाट्यप मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ। देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

Kamana Sewa

प्रतिकृया