• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार १०:४२

१२ असोज २०७९, काठमाडौंः सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी नवराज बजगाईँले आफ्नो नाममा रहेको १९ हजार ७ सय १० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो ।


बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

Kamana Sewa

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया