• १४ असोज २०८३, बुधबार
  • ५ः२८ बेलुका

कास्कीकोट दरबारमा दसैँ उत्सव सुरु

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०६:२१

११ असोज २०७९, काठमाडौँ : पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा उत्सवका रूपमा मनाउने गरिएको छ । यस समयमा तान्त्रिक र वैदिकरूपमा गुप्तकालिका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।

National Life

दसैँकै अवसरमा लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । उत्सवका अवसरमा कास्कीकोटमा दसैंको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल, तरबार एवं तोपहरूको पनि प्रदर्शन गरिने उहाँले जानकारी दिए ।


‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग गरौँ’ भन्ने नारासहित दसैँ उत्सव गर्न लागिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । कास्कीकोट दरबारमा घटस्थापनाको दिन विधिवत् मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र कुँवर जातिको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने प्रचलन छ ।अष्टमीका दिन राति कालरात्रिको पूजा, नवमीका दिन पञ्चबलि र दशमीको दिन गुप्तकालिका मन्दिरमा टीका लगाउने र विधिवत् रूपमा फूल बास्पानीमा लगेर विसर्जन गर्ने प्रचलन रहेको त्रिपाठीले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

दसँैका दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यस समयमा पोखरासहित विभिन्न स्थानबाट यहाँ भाकलसहित पूजाआजा एवं पञ्चबलिका लागि दर्शनार्थी आउने गर्दछन् । लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीले दर्शनसमेत गर्न नपाएको अवस्थामा पूजालाई व्यवस्थित बनाउन पोखरा–२४ वडा कार्यालयले कास्कीकोट दरबारलाई आर्थिक सहयोगसँगै प्रवद्र्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरतबहादुर अधिकारीले बताए ।

प्रतिकृया