• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

आज सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा, मर्जर प्रस्ताव पारित गर्ने

प्रकाशित मिति

२०७९ आश्विन ११ गते, मंगलवार ०३:१७

११ असोज २०७९, काठमाडौंः सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको बिषेश साधारणसभा आज सम्पन्न हुँदैछ । सानिमा जनरलको सभा कुन्डलिनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ भने जनरल इन्स्योन्सको सभा अमृतभोग कालिकास्थान काठमांडौमा बिहान ११ बजेबाट नै सुरु हुने छ ।


सभाले सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने (मर्जर) को प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । दुई कम्पनीका बिचमा भएको डिडिएबाट १ः१ को रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

Kamana Sewa

त्यस्तै दुबै कम्पनीको सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।

Classic Tech Desktop

प्रतिकृया