• ११ असोज २०८३, आइतबार
  • ५ः५६ बिहान

डेनमार्कले फ्रान्सलाई हरायो

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०८:३४

१० असोज २०७९, एजेन्सी : यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ। आइतबार भएको खेलमा डेनमार्कलाई जिताउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई सुरूआती अग्रता दिलाएका थिए ।

National Life

त्यसपछि खेलको ३९ औं मिनेटमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमै २-० अग्रता दिलाएका थिए। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि फ्रान्सले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो। यो नतिजासँगै समूह एको लिग वानमामा फ्रान्सले ६ खेलबाट तेस्रो हार व्यहोरेको छ।


फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। यस्तै २ खेल बराबरीमा सकिएको छ। ६ खेलबाट १२ अंक जोडेको डेनमानर्क दोस्रो स्थानमा छ। यस्तै समान खेलबाट १३ अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा छ। ४ अंक जोडेको अष्ट्रिया पुछारमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया