• ११ असोज २०८३, आइतबार
  • ६ः२८ बिहान

असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

प्रकाशित मिति

२०७९ आश्विन १० गते, सोमबार ०७:५९

१० असोज २०७९, काठमाडौँ : निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो।

National Life

आयोग स्रोतका अनुसार असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ। निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणसहित विभिन्न पार्टीका नेताहरू आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन्।


दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए। आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत आयोगमा पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए। आचारसंहिता लागु गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिवद्धता लिइएको उनले जानकारी दिए। आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताएका थिए। आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि बताएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।

प्रतिकृया