• १४:४० २०८० चैत्र १६ गते
  • 2:40 pm

प्रभु बैंक लिमिटेड र होलीडे क्याम्प बिच आकर्षक छट प्रदान गर्ने

प्रकाशित मिति

२०७९ आश्विन ९ गते, आईतवार ०३:१७

IMG 20220920 WA0003

९ असोज २०७९, काठमाडौंः प्रभु बैंक लिमिटेड र कोबाङ्ग, थासाङ्ग स्थित होलीडे क्याम्प बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलीडे क्याम्पका तर्फबाट प्रोप्राइटर राजु गौचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होलीडे क्याम्पद्धारा सञ्चालित “फुड”, “वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।


उक्त सम्झौता अन्तर्गत होलीडे क्याम्पमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होलीडे क्याम्प का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया