• १४ असोज २०८३, बुधबार
  • ९ः३० बिहान

प्रभु बैंक लिमिटेड र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.का बिच आकर्षक छट

प्रकाशित मिति

२०७९ आश्विन ९ गते, आईतवार ०३:२५

९ असोज २०७९, काठमाडौंः प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा। लि।का तर्फ बाट प्रोप्राइटर सुबोध शाक्यद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

National Life

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।


उक्त सम्झौता अन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बारका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया