इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने (भिडियाे सहित)
प्रकाशित मिति
२०७९ आश्विन ५ गते, बुधबार ०५:५०
५ असोज २०७९, काठमाडौंः आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले बुधवार आफ्नै कार्यालय टेकुमा उक्त पत्रकार सम्मेलन आयोजना गरेको हो । पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो। सो एक्स्पोमा इण्डोनेसियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरू राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताए।
उनले सो एक्स्पोले नेपाल र इण्डोनेसियाका बीचमा भइरहेको व्यावसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताए।महासंघका उपाध्यक्ष ढकालले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेसियाका उत्पादनहरूका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरूलाई इण्डोनेसिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गरे। सो अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष ढकालले बैंकहरूले ब्याज बढाउनु स्वाभाविक नभएको बताए। उनले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताए।
उनले भने, ‘ब्याज बढाएको चिज स्वाभाविक होइन। अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरूले बढाएको छ। ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन।’उपाध्यक्ष ढकालले तरलता अभावका कारण व्यापारिक गतिविधिहरू खुम्चिरहेको बताए। यद्यपि पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उनको भनाइ छ।






प्रतिकृया