• २२ भदौ २०८३, सोमबार
  • ७ः३६ बेलुका

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू : ललितपुर महानगर

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०८:०३

५ असोज २०७९, ललितपुर : ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो।

National Life

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ। नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिँढी लगायतका संरचना हटाउन महानगरले भनेको हो।

प्रतिकृया