सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दै
प्रकाशित मिति
२०७९ आश्विन ५ गते, बुधबार ०६:३१
????????????? ????? ??????????? ?????? ????? ??????? ????? ????
;Qf u7aGwg bnsf] a}7s
sf7df8f}F, @@ r}t M
k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷ /f;;
५ असोज २०७९, काठमाडौँ : मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ ।

हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको खनालको भनाइ छ ।



प्रतिकृया