• १८ भदौ २०८३, बिहीबार
  • ५ः२१ बेलुका

निकोसेरामा नि:शुल्क आँखा, कान, नाक तथा घाँटी शिबिर कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार ०७:४०

४ असोज २०७९, भक्तपुर : निकोसेरामा सहयोगी महिला समूहको आयोजना तथा मध्यपुर थिमी नगरपालीकाको सहकार्य र बिपि नेत्र प्रतिस्ठान , लोकन्थलीको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा, कान, नाक तथा घाँटी शिबिर कार्यक्रम सम्पन्न भएको छ । शिबिरमा जम्मा १६५ जनाले सेवा लिएको थियो । औषधिले हुने बिरामीहरुलाई नि:शुल्क औषधि बितरण गरिएको थियो भने ३६ जनालाई थप उपचार आवश्यक देखीएकोले लोकन्थली स्थित प्रतिस्ठान रेफर गरिएको छ ।


शिबिरको उदघाटन मध्यपुर थिमि नगरपालीकाका उप प्रमुख बिजय श्रेष्ठले गरेका थियो । शिबिरमा बोल्दै उप प्रमुख श्रेष्ठले नगरपालीकाले शिक्षा, स्वास्थ्य लाई प्रमुख प्राथमिकतामा राखेकोले स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई नगरपालीकाले जहिले पनि सहयोग गर्ने बताए । त्यस्तै बिपि नेत्र प्रतीस्ठानका सामुदायीक कार्यक्रम सम्योजक तुलसी प्रसाद चुडालले प्रतीस्ठानले अस्पतालमा आउने लाई मात्र उपचार नगरी घर, गाउँ, टोलमा स्वास्थ्य सम्बन्धी चेतना तथा बेलैमा रोग पत्ता लगाइ उपचार गर्नको लागि यस्ता शिबिरको आयोजना गर्ने र भविश्यमा अझै बृहतरुपमा समुदायमा जाने बताएका छन् ।

Kamana Sewa

कार्यक्रमकी अध्यक्षता समेत रहेकी सहयोगी महिला समुहकी अध्यक्ष बिन्दु प्रजापतीले महिला समुहले सिमित श्रोत भएता पनि बेलाबेलामा समुदायमा स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रम गर्ने गरेको जनाइन् ।

Classic Tech Desktop

प्रतिकृया