• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

नेपाल लाइफ बन्यो ‘डाइनामिक क्यूआर पेमेन्ट’ सञ्चालन गर्ने पहिलो बीमा कम्पनी

प्रकाशित मिति

२०७९ आश्विन ४ गते, मंगलवार ०२:३२

४ असोज २०७९, काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्सले ई(सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार कम्पनीको काठमाडौँ शाखामा आयोजित एक समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् ।


नेसनल सेल्स हेड उमापति पोखरेलल डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे । यससंगै डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो इन्स्योरेन्स कम्पनीमा नेपाल लाइफ परेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट यो सेवाबाट भुक्तानी गर्न सकिने छ ।

Kamana Sewa

सीईओ पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए । उक्त सेवाबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने जनाइएको छ ।

Classic Tech Desktop

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।

प्रतिकृया