• २२ भदौ २०८३, सोमबार
  • २ः२८ राती

हिमालयन बैंकले राख्यो न्युरोड शाखामा ‘क्यास डिपोजिट मेसिन’

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०२:१६

३ असोज २०७९, काठमाडौंः हिमालयन बैंकले न्युरोड शाखामा ‘क्यास डिपोजिट मेसिन (सिडिएम)’ सञ्चालनमा ल्याएको छ। यस मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झन्झट बिना खातामा रकम जम्मा गर्न तथा झिक्न सक्ने बैंकले जनाएको छ।सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड सिधै खाता नम्बर हालेर जम्मा गर्न सकिन्छ। मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने कम्पनीले जनाएको छ। यसबाट खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने छन्।

National Life

सो ‘हिमालयन बैंकको यो सुविधाले बैंकका ग्राहकहरूलाई बैंकिङ कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने विश्वास छ,’ बैंकले भनेको छ। हाल बैंकले नेपालभरि ७४ शाखा, ५ विस्तारित काउन्टर, १ सय ५४ एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिकृया