• ०६:२७ २०८१ बैशाख ७ गते
  • 6:27 am

९ महिनामा हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व संकलन

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०६:२७

himal aarohi

२९ भाद्र २०७९, काठमाडौँ : सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार ५९२ रुपैयाँ संकलन भएको हो ।


समीक्षा अवधिमा विभिन्न ८ वटा हिमाल गरी ४८ समूहमा कुल ४५४ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ । जसमध्ये ३४४ पुरुष र ११० महिला रहेका थिए । आरोहीहरूले माउन्ट धौलागिरी, गन्चेबो, माउन्ट हिमलुङ, कुम्भकर्ण, मनास्लु, नुप्से, सगरमाथा र माउन्ट सर्बुङ्गका लागि अनुमति लिएका थिए । विभिन्न ६० मुलुकहरूबाट आरोहीहरू नेपाल आएको विभागले जनाएका छन् ।

प्रतिकृया