• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

महाअभियोग सिफारिस समितिमा सर्वोच्चका न्यायाधीशहरु उपस्थित नहुने

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०६:४१

२९ भाद्र २०७९, काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित नहुने निर्णय गरेका छन् । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिले बोलाएको भए पनि सहभागी हुन नसक्ने निर्णय गरेको हो ।


सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले संसदीय समितिमा बहालवाल न्यायाधीसहरु उपस्थित हुन नसक्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जनाए । केही कारणहरु उल्लेख गरेर बैठकमा सहभागी हुन नसक्ने भनी सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो । स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य र मान्यता, संवैधानिक प्रावधान, शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा बहालवाला कामु प्रधानन्यायाधीश र अरु न्यायाधीशहरु बैठकमा उपस्थित हुन नसक्ने भनी निर्णय गरेका हुन् । सर्वोच्च अदालतले पूर्ण बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसद सविचालयमा पत्र पठाइसकेको छ ।

Kamana Sewa

आफूमाथि लागेको महाअभियोगका बारेमा सिफारिस समितिमा बयान दिन गएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही बहालवाला न्यायाधीसहरुको नाम लिएका थिए । समितिले जबराले नाम लिएकाहरुलाई बयानमा बोलाउने निर्णय गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया