• १० असोज २०८३, शनिबार
  • ८ः५४ राती

भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई स्रा.खे.प सदस्य सचिव टंक लाल घिसिङ

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार १२:०९

२७ भाद्र २०७९, काठमाडौंः राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए।

National Life

राखेप सदस्य सचिव घिसिङ समक्ष संघले अन्तरराष्ट्रिय स्तरको कबर्ड हल,कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेको कुराको ध्यानाकर्षण गराएको थियो । राखेप सदस्य सचिव घिसिङ्ले उमेर उमेर समुहगत राष्ट्रियप्रतियोगीता, उमेर समुहगत अन्तरराष्ट्रिय सहभागीतालाई पहिलो प्राथामिकता दिनु पर्नेमा जोड दिए ।


राखेप सदस्य सचिव घिसिङले एक सुत्रिय भलिबलको लागि कबर्ड हल निर्माणको लागि जती सक्दो चाँडो स्थान फाइनल गर्न आग्रह गर्नु भयो । साथै स्थान फाइनल गर्ने बितिक्कै कबर्ड हल निर्माणको काम अघी बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले भने, ‘भलिबलको लागि कबर्ड हल निर्माणको काम जतिसक्दो चाँडो गर्न तयार छु । आउँदो नवौँ राष्ट्रिय खेलकुदबाट धेरै नयाँ प्रतिभा आउन सक्छ । नयाँ ट्यालेन्ट को हुन सक्छ भन्ने कुराको खोजी गर्नु होला । नवौँ राष्ट्रिय खेलकुदको भलिबल तर्फको प्रतियोगिताको सफतलाको शुभकामना व्यक्त गर्दछु।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया