• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

आज सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ११:५९

२७ भाद्र २०७९, काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।


आइतबार छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

Kamana Sewa

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया