• १२ असोज २०८३, सोमबार
  • ५ः१६ बेलुका

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धन बैठक बस्दै

प्रकाशित मिति

२०७९ भाद्र २७ गते, सोमबार ०६:५०

२७ भाद्र २०७९, काठमाडौँ : सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन्। सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्।

National Life

सत्ता गठबन्धनबीच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट लिने भन्नेमा सहमति हुन सकिरहेको छैन। ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि सिट बाँडफाँटबारे सहमति हुन सकेको थिएन। त्यसपछि शीर्ष तहका नेतालाई सिट बाँडफाँटमा सहमति खोज्न जिम्मेवारी दिइएको थियो।


गठबन्धनका नेताहरू आइतबार पनि चार घन्टा छलफल गरेका थिए। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कतिपय विषय टुंगिएको र कतिपय विषयहरू छलफल गरी टुंग्याउनुपर्ने देखिएकोले आज पनि बैठक गर्न लागिएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया