• १२ असोज २०८३, सोमबार
  • ९ः०० बिहान

भारतले चामल निर्यातमा लगायो २० प्रतिशत कर

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०७:०८

२४ भाद्र २०७९, काठमाडौँ : भारतले बिहीबार कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ भने चामलमा २० प्रतिशत कर लगाएको छ। विश्वको ठूलो अन्न निर्यातकर्ता भारतले उसिनेको चामल र बासमती चामलमा भने यो कर लगाएको छैन। चीनले वस्तु भाउको आहाराको रूपमा र अफ्रिका जस्ता मुलुकले खानाका रूपमा कनिका प्रयोग गर्दै आइरहेको छ।

National Life

भारतले निर्यात गर्ने चामलमध्ये ६० प्रतिशतमा यस्तो कर लाग्ने ब्लुमबर्गले प्रक्षेपण गरेको छ। चिनी र गहुँ पछि भारतले चामलमा कर लगाएको हो। भारतले विश्वका एक सय ५० भन्दा बढी देशमा चामल निर्यात गर्छ। यसले चामल उत्पादनमा राम्रो रहेको थाइल्याण्ड र भियतनामतर्फ माग बढ्ने अनुमान गरिएको छ। विश्वभर हुने चामलको व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ।


भारतले २२ मेट्रिक टन चामल निर्यात गर्छ। यसले चालमको भाउ बढ्ने विश्लेषण गरिएको छ। सेतो चामलको भाउ प्रति मेट्रिकटन चार सय डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। हाल यसलाई तीन सय ५० डलर परिरहेको छ। करको कारण भारतको निर्यातमा २५ प्रतिशतले गिरावट आउने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यहाँका व्यपारीहरूले हाल सम्झौता भइसकेर निर्यातको प्रक्रियामा रहेको चामलमा भने यस्तो कर नलगाउन सरकारलाई आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया