• १९ भदौ २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको हार

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०९:१०

२४ भाद्र २०७९, एजेन्सी : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको समूह चरणको पहिलो खेलमा हार बेहोरेको छ। युनाइटेड घरेलु मैदानमा स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले स्तब्ध हुँदै हारबाट प्रतियोगिताको सुरूआत गरेको हो।


ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा सोसिडाडलाई जिताउन ब्राइस मेन्डिसले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफका ब्राइस मेन्डिसले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो। उनले ५९ औं मिनेटमा गोल गरेका थिए ।

Kamana Sewa

बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव सिर्जना गरे पनि फिनिसिङमा चुक्दा युनाइटेड घरेलु मैदानमा पराजित हुन पुग्यो।

Classic Tech Desktop

प्रतिकृया