• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, ओपनिङमा मूल्य ६६१.९० रुपैयाँमा ओर्लियो

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०१:१२

१९ भाद्र २०७९, काठमाडौं: नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य ६६१.९० रुपैयाँमा ओर्लिएको छ। आइतबार सोही मूल्यबाट कम्पनीको सेयर कारोबार खुल्नेछ।


नेप्सेले कम्पनीको बुक क्लोजभन्दा अघिल्लो दिन अर्थात शुक्रबारको अन्तिम कारोबार मूल्यका आधारमा समायोजन गरेको हो। शुक्रबार ६९५ रुपैयाँ प्रति कित्तामा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको अन्तिम किनबेच भएको थियो।

Kamana Sewa

कम्पनीले आर्थिक वर्ष २०७७र७८ का लागि कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभाश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको सातौं साधारण सभाबाट पारित हुँदैछ। साधारण सभा र लाभांशको प्रयोजन लाई कम्पनीले आज बुक क्लोज गर्दैछ। शुक्रबारसम्म कम्पनीको सेयर किन्नेहरु मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

Classic Tech Desktop

प्रतिकृया