राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशित

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०५:५१

National Examinations Board NEB Nepal1 e1658748434926

१७ भाद्र २०७९, काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ । परीक्षा नियन्त्रक शर्माले ग्रेडिङ पद्धति-२०७८ अनुसार कक्षा १२ को परीक्षाफल प्रकाशन गरिएको जानकारी दिए ।


प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी ९नन ग्रेडिङ० उल्लेख हुने छ। यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइने उनले बताए ।


गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना परीक्षार्थी सहभागी भएको उनले बताए । देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । बोर्डका अनुसार ४३ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

1662120099 BpBtX

प्रतिकृया