• ४ असोज २०८३, आइतबार
  • ४ः०० बेलुका

स्व. गिरीको १३ औँ दिनको पुण्यतिथिमा जनसम्पर्क समिति युएइ द्वारा श्रद्धाञ्जली सभा

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०५:३५

१७ भाद्र २०७९, काठमाडौं: नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, समाजवादी चिन्तक एवं सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य स्वर्गीय श्री प्रदीप गिरि ज्युको स्वर्गारोहण भएको १३ औँ दिनको पुण्य तिथिमा उहाँको आत्माको चिरशान्तिका कामनाको लागि हिजो मिति २०७९ भदौ १६ नेपाली जनसम्पर्क समिति युएइ द्वारा जनसम्पर्क समिती युएइकै सभापती भुवानी प्रसाद तिमल्सिनाको सभापतित्व, संरक्षक तथा निवर्तमान सभापती खेमराज बस्नेतको प्रमुख आतिथ्य, बिशिस्ट नेपाली जनसम्पर्क समिती युएइका प्रमुख सल्लाहकार एवम गैर आवासिय नेपाली संघ मध्यपुर्व संयोजक मनोज गोर्खालीको बिशिस्ट आतिथ्य, लगायत बिशिस्ट अतिथिहरुमा गैर आवासिय नेपाली संघ युएइका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना, नेपाली समाज युएइका महासचिव बेद प्रसाद अर्याल, गैर आवासिय नेपाली संघ युएइका उपाध्यक्ष कृष्ण ठाकुर, अतिथिहरुमा नेपाली जनसम्पर्क समिती साउदि अरवका
महामन्त्री एवम महाधिवेशन प्रतिनिधि शुरेशराज त्रिपाठी, इनास युएइका अध्यक्ष एम डि बोहरा, अर्घाखाँची सम्पर्क समितीका अध्यक्ष जेपि पोख्रेल, पाल्पाली समाज युएकी अध्यक्ष ओम कुमारी खाण, जियोल्यान्ड ट्राभलका सन्चालक शरद कुमार शर्मा लयायत नेपाली जनसम्पर्क समिती युएइका पदाधिकारीहरु, सदस्यहरु, क्षेत्रीय सभापती एवम नेपाली कांग्रेसमा आस्था राख्ने युएइमा रहेका नेपालीहरु को बाक्लो उपस्तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरियो ।

National Life

स्वर्गीय गिरिको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण र श्रद्धाञ्जली दिएर सुरु गरिएको कार्यक्रममा उपसभापति दिपक खड्काले स्वागत स्वागत मन्तवय राख्नु भएको थियो । वक्ताहरु ले आफ्नो मन्त्वय राख्ने क्रम मा स्वर्गीय गिरि को योदान को चर्चा गर्नु भएको थियो ।

प्रतिकृया