पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन
प्रकाशित मिति
२०७९ भाद्र १७ गते, शुक्रबार ०५:२५

१७ भाद्र २०७९, काठमाडौँ : काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ। नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो।
निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको छ। भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा अखिल क्रान्तिकारीसहितले टेकुस्थित आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन्।
भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।
प्रतिकृया