• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

बीमा समितिद्वारा यी ४ जीवन बीमा कम्पनीको आईपीओ जारी प्रक्रिया रद्द, यस्तो छ कारण

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०१:४७

१६ भाद्र २०७९, काठमाडौँ: बीमा समितिले चारवटा जीवन बीमा कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ । बीमा समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो। ‘स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द गर्नुपरेको हो’, बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले भने, ‘यी कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया करिब १०–१५ अगाडि नै रद्द गरिएको हो।’


प्रवक्ता पौडेलका अनुसार बीमा समितिकै आग्रहमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पनि यी कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया अस्वीकृत गरेको छ। यी कम्पनीमध्ये सन नेपाल, रिलायबल र सिटिजन लाइफले अंकित मूल्यमा प्रिमियम थपेर र आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका थिए। ‘अब यी कम्पनीहरुले आईपीओ निकाल्न चाहेमा फेरि आवश्यक कागजपत्र पूरा गरी नयाँ प्रक्रिया अगाडि बढाउन सक्छन्’, उनले भने।

Kamana Sewa

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्देशन दिएको छ। अब यी कम्पनीहरुले पुँजीवृद्धिका लागि मर्जर जाने सम्भावना प्रबल देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया