• 5:20 pm

अक्षय कुमारको फिल्म ‘राम सेतु’विरुद्ध भाजपा नेता सुब्रमण्यम स्वामीले हाले मुद्दा

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०७:४०

Ram Setu poster1 rgdFqJeNEY

१४ भाद्र २०७९, एजेन्सी : अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’ भाजपाका राष्ट्रवादी सुब्रमण्यम स्वामीको निशानामा परेको छ । स्वामीले अक्षयको फिल्मले हिन्दूहरूको धरोहर राम सेतुलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएर मुद्दा हालेका छन् । स्वामीले यस विषयमा अक्षय कुमारलाई एक कानूनी नोटिस पठाएका छन् भने ट्विटमार्फत यसको जानकारी पनि दिएका हुन् । स्वामीले भनेका छन्,’मुम्बईका सिनेमा वा सिन–ए–मावालोंहरुलाई हरेक कुरालाई गलत तरिकाले देखाउने बानी परेको छ ।


त्यसैले मैले मेरा वकिल सत्य सभरवालमार्फत अक्षय कुमार (भाटिया) र ८ जनाविरुद्ध बौद्धिक सम्पदा अधिकारको जानकारीका लागि सूचना पठाएको छु ।’ स्वामीले अक्षय कुमारको फिल्ममा ‘राम सेतु’बारे गलत तथ्यहरु देखाइएको आरोप लगाएका छन् । गत महिनाको सुरुमा दुई ट्विटमा उनले फिल्मका निर्माता र अक्षय कुमारविरुद्ध मुद्दा हाल्ने कुरा गरेका थिए ।


स्वामीले ‘अक्षय कुमार विदेशी नागरिक भए उनलाई पक्राउ गर्न र देश निष्कासन गर्नपनि अनुरोध गर्न’ सक्ने बताएका थिए । यसअघि अक्षय कुमार क्यानडाको नागरिकता भएको खुलासा भएको थियो । भाजपा नेता स्वामीले अर्को एक ट्वीटमा लेखेका छन् ,’ म अक्षय कुमार र उनको कर्मा मिडियाविरुद्ध मुद्दा हाल्दैछु । उनले आफ्नो आगामी फिल्म ‘राम सेतु’लाई गलत तरिकाले प्रस्तुत गरेका छन् । उनको फिल्मले ‘राम सेतु’को छविलाई बिगारेको छ । मेरा वकिल सत्य सभरवालले मुद्दाको मस्यौदालाई अन्तिम रूप दिएका छन् ।’


‘राम सेतु’ फिल्ममा अक्षयले पुरातत्वविद्को भूमिका निभाएका छन्, जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउन काम गरिरहेका छन् । फिल्मको सुटिङ मुम्बईबाट सुरु भएपनि यसको मुहूर्त छायांकन अयोध्यामा गरिएको थियो । फिल्ममा अक्षयका अलावा ज्याकलिन फर्नान्डिज र नुसरत भरुचा पनि मुख्य भूमिकामा छन् । अभिषेक शर्माको निर्देशन रहेको फिल्मलाई विक्रम मल्होत्रा र अरुणा भाटियाले निर्माण गरेका हुन् ।


फिल्मका क्रिएटिभ निर्माता डा. चन्द्रप्रकाश द्विवेदी हुन् । यो फिल्म यही वर्षको अक्टोबर २४ मा प्रदर्शनमा आउँदैछ । भाजपाका उग्र हिन्दू राष्ट्रवादी विचारका लागि परिचित नेता सुब्रमण्यम स्वामी विभिन्न विषयमा मुद्दा हालिरहेका हुन्छन् ।

प्रतिकृया