• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२४ बिहान

भक्तपुर मध्यपुर ठिमीका हरिकृष्ण प्रजापति पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०७:२२

१४ भाद्र २०७९, काठमाडौँ : भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका बर्ष ५४ का हरिकृष्ण प्रजापतिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरले अघिल्लो बर्ष असोज ४ गते “दुषित लिखत दर्ता बदर, हक कायम समेत” कसुरमा रु ९ लाख २४ हजार ८७० जरिवाना फैसला गरेको र निज प्रतिबादी हालसम्म फरार रहेको थियो ।


प्रजापतिलाई आज मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयन प्रयोजनार्थ निजलाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Kamana Sewa

बिज्ञप्ती सहित

Classic Tech Desktop

प्रतिकृया