• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

लघुबीमाको चुक्ता पुँजी तोकियो,७वटालाई लाइसेन्स बाडिने

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०५:५०

१० भाद्र २०७९, काठमाडौं:  प्रस्तावित लघुबीमाका लागि नियामक बीमा समितिले अन्ततः लाइसेन्स दिने भएको छ । समितिले प्रत्येक प्रदेशमा एक-एक वटा लघुबीमा रहने गरि ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने भएको हो । शुक्रबार सूचना गर्दै समितिले लघुबीमाको संख्यासहित कम्पनीको चुक्ता पुँजी समेत तोकेर लाइसेन्सको प्रस्ताव आह्वान गरेको छ ।


सूचना अनुसार पहिलो चरणमा तीनवटा जीवन र ४ वटा निर्जीवन लघुबीमालाई लाइसेन्स दिइनेछ । यस्तो लघुबीमा कम्पनीका लागि न्यूनतम् ७५ करोड चुक्ता पुँजी आवश्यक रहने समितिले जनाएको छ । योग्यता पुगेका कम्पनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । तर, यसअघि नै अन्य, जीवन बीमा वा निर्जीवन बीमाको सञ्चालक, संस्थापक सेयरधनी वा हिस्सेदार ९क्रस होल्डिङ० भएका व्यक्तिले आवेदन दिन पाउनेछैनन् ।

Kamana Sewa

लघुबीमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ । समितिमा यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्ध गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्न भनिएको छ ।

Classic Tech Desktop

प्राप्त प्रस्तावहरू मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स प्रदान गर्ने समितिले जनाएको छ । समितिले साउन ३१ गते लघुबीमाको लाइसेन्स सम्बन्धि निर्देशिका जारी गरेको थियो ।


प्रतिकृया