• १३ असोज २०८३, मंगलबार
  • ३ः३० दिउँसो

‘प्रसाद २’का निर्माता सुवास थापाले दिए विपिन कार्कीविरुद्ध उजुरी

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०७:३४

९ भाद्र २०७९, काठमाडौं : फिल्म प्रसाद २ का निर्माता सुवास थापाले अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । विपिनबाट क्षतिपूर्ति भराइदिन काम गर्दै उनले संघमा उजुरी दिएका हुन् । चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन् ।

National Life

त्यसयता ‘प्रसाद २’को छायांकन अनिश्चित बनेको छ । विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन् । विपिनले भने थापासँग ‘प्रसाद २’ मा सहकार्य गर्न नसकिने बताइसकेका छन् । ‘उहाँसँग अरु प्रोजेक्टमा काम हुन सक्ला, तर प्रसाद २ मा हुँदैन,’ उनले भनेका थिए ।


विपिनले आफूले ‘प्रसाद २’ मा काम नगर्नुमा पारिश्रमिक पाउने निश्चितता नभएको बताएका थिए । ‘प्रसाद २’को ब्यानरमा सुवास थापा प्रोडक्सन रहे पनि नयाँ निर्माताको रुपमा केशव पाण्डे भित्रिएका थिए । उजुरी आएपछि अब निर्माता संघले विपिन र सुवास दुवैलाई छलफलमा बोलाउने तयारी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया