• २६ भदौ २०८३, शुक्रबार
  • ७ः५४ बिहान

नेदरल्याण्ड पठाईदिन्छु भनि १ करोड ३६ लाख ५० हजार ठगी गर्ने राइ पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ११:५३

३१ साउन २०७९, काठमाडौं: नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्‍युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको छ ।

National Life

पक्राउ परेको राइले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएके छ ।


साथै निजलाइ वैदेशिक रोजगार विभागबाट पक्राउको लागि पत्राचार भएसंगै प्रहरीले कोटेश्वरबाट पक्राउ गर्दै थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया