• १२:५४ २०८१ बैशाख ६ गते
  • 12:54 pm

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृर्गौला प्रत्यारोपण निरन्तर हुँदै

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार १२:१३

Pokara reansplant team photo1

३० साउन २०७९, काठमाडौं: शनिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण भएको छ । कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पुरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षिय पुरुषको प्रत्यारोपण गरिएको हो । उनीहरु दुबैलाई पत्नीले मिर्गौला दिएका थिए।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरेका छन। शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आइ. सी. यु. नर्सहरुलाई तालिम दिई रहेको बताए।


शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पोखरामा असार ९ गते पहिलो पटक प्रत्यारोपण भएको सेवालाई केन्द्र र प्रतिष्ठानले गरेको प्रतिबद्धता अनुसार यस महिनामा दुई जनाको मृगौलाा
प्रत्यारोपण भएको छ । डा. श्रेष्ठका अनुसार यो सेवालाई पोखरामा स्थापित गर्नको लागि पुर्ण रुपमा सहयोग गर्ने समेत बताए।

प्रतिकृया