• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

वीरेन्द्रनगरमा ब्राउन सुगरसहित एक दम्पती पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार १२:५१

३० साउन २०७९, काठमाडौं: लागुऔषध ब्राउन सुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार पक्राउ परेका छन्।कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिई गएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका-४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।


विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले चेक गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम छ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए। लागुऔषधसहित रु २६ हजार तीन सय बरामद गरी उक्त दम्पतीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए।

Kamana Sewa

त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेत घिमिरे डाँडास्थित मनिषा घिमिरे घर क्षेत्रबाट सात पुरिया लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया