• १९ भदौ २०८३, शुक्रबार
  • १ः२१ राती

माओवादीका नेता यादव एमालेमा प्रवेश

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार ११:३७

३० साउन २०७९, काठमाडौं: नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामसिंह यादवसहित विभिन्न कमिटीका ३५ जना अगुवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनीहरूलाई स्वागत गरे ।


माओवादी नेता यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने निष्कर्षमा आफू पुगेको बताए । एमाले प्रवेश गरेका माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक (मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय छन् ।

Kamana Sewa

त्यसैगरी, माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनक अधिकारी, रामएकवाल कुँवर, धनपैत साह, त्यस्तै, वाईसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दनप्रसाद उपाध्याय, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि प्रवेश गरेको एमालेले जनाएको छ ।

Classic Tech Desktop

त्यस्तै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारीले पनि एमाले रोजेका छन् ।

प्रतिकृया