• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०६:३६

२६ साउन २०७९, काठमाडौँ : चन्द्रागिरि नगरपालिकामा आईएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार सो सेवाको उद्घाटन टन गरेका हुन् । यस सेवा मार्फत चन्द्रागिरि नगरवासीहरूले घर–बहाल कर, सम्पत्ति कर तथा व्यावसायिक कर सजिलै अनलाइनमा आईएमई पे मार्फत तिर्न सक्नेछन् ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई डिजिटल सोलुशनका नि। प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले यसले नगरवासीहरूलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।

Kamana Sewa

प्रयोगकर्ताहरूले आईएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सक्नेछन् ।

Classic Tech Desktop

प्रतिकृया