आदिवासी जनजाति महिलाद्वारा लोकल रक्सीको ‘प्याटन राइट्स’ दाबी
प्रकाशित मिति
२०७९ श्रावण २२ गते, आईतवार १२:३५
२२ साउन २०७९, काठमाडौं: नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन्।लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ ।
लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरुले बिमति जनाएका हुन्। आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्वाधपूर्णक लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरुको माग रहेको छ । २८औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासी महिलाको विरुद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताए । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको प्याटन राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ रहेको छ ।

अध्यक्ष लामाले भने– ‘ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाहरुबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको प्याटन राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरुको हुन सक्दैन ।’




प्रतिकृया