सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकको सेवामा विशेष छुट पाउने
प्रकाशित मिति
२०७९ श्रावण १९ गते, बिहीबार ०१:२७
१९ साउन २०७९ काठमाडौं: सिटिजन्स बैंक र रुपन्देहीस्थित रा.जी क्लिनिकबीच विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ ।
यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा नि:शुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ। बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।





प्रतिकृया