सवारी दुर्घटनामा एक जनाको मृत्यु
प्रकाशित मिति
२०७९ श्रावण १३ गते, शुक्रबार ०७:२७
१३ साउन २०७९, सर्लाही : सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनियाँ टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।
शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिपर गाडीले विपरित दिशाबाट जाँदै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।

साहलाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया