• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

सर्वसाधारणको लागि तीन नयाँ कम्पनीको आइपिओ आउँदै

प्रकाशित मिति

२०७९ असार २८ गते, मंगलवार ०१:०२

२८ असार २०७९, काठमाडौंःनेपाल धितोपत्र बोर्डले थप तीन नयाँ कम्पनीलाई आइपिओ जारी गर्ने अनुमति दिएको छ। बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपिओ जारी गर्न स्वीकृति दिएको हो।


धितोपत्र बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेडलाई गत असार २३ गते, र धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई गत असार २४ गते आइपिओ निष्काशन गर्न स्वीकृत दिएको हो।

Kamana Sewa

सिक्लेस हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बैंक अफ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको आइपिओ जारी गर्ने भएको हो।

Classic Tech Desktop

धौलागिरी लघुवित्तले भने सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको हो। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।


अभियान लघुवित्तले पनि १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। अभियान लघुवित्तले पनि सर्वसाधारणको लागि मात्रै आइपिओ जारी गर्ने भएको हो।

प्रतिकृया