• २२ भदौ २०८३, सोमबार
  • १०ः३४ बिहान

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०१:१८

२६ असार २०७९, काठमाडौंः केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरूबाट १ अर्ब ७ करोड (१/७ बिलियन)अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ। सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिए। प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरूबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन्।

National Life

सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरूबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ।विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग यसएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट मार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ।


औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन्।रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको युक्रेनी अर्थमन्त्रीले जानकारी दिएका छन्। अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने वाचा पनि गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया