• २२ भदौ २०८३, सोमबार
  • ११ः३४ बिहान

चितवनमा बसले किचेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार १२:५४

२६ असार २०७९, काठमाडौंः चितवनमा बिग्रेको बस मर्मत गर्ने क्रममा सोही बसका सहचालकको मृत्यु भएको छ। बिग्रेको बस मर्मत गर्ने क्रममा आइतबार बिहान सोही बसका सहचालक २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो।

National Life

आज बिहान सवा ८ बजेतिर चितवनको पश्चिम खण्डमा पर्ने भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बस बिग्रेपछि बसका चालक र सहचालकले मर्मत गर्दै थिए। मर्मतका क्रममा सहचालक सुरज बसको तल रहेकै अवस्थामा चालकले बस स्टार्ट गरेर अगाडि बढाएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका डिएसपी नरहरि अधिकारीले बताए ।


बसले किचेर गम्भीर घाइते भएका सुरजको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी अधिकारीले जानकारी दिए।घटनाका बारेमा अनुसन्धान गर्न बसका चालक ४२ वर्षीय राजकुमार गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Classic Tech Desktop

प्रतिकृया