• ३१ भदौ २०८३, बुधबार
  • ८ः२२ बिहान

करिब १७ अंकले ओरालो लाग्यो सेयर बजार, १२ उपसमूहको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०३:५२

२३ असार २०७९ काठमाडौंः बिहीबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १६.६० अंकले घटेर २,०२७.३२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन भने नेप्से परिसूचक १३.३३ अंकले बढेको थियो। नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ।

National Life

आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ४६ वटाको मूल्य बढेको छ भने १७३ वटाको मूल्य घटेको छ।


बिहीबार कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०.६६ प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै अन्यको १.४३ प्रतिशत, विकास बैंकको १.३१ प्रतिशत र होटल एन्ड टुरिजमको १.१६ प्रतिशतले घटेको हो। कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसपछि अरुण काबेली पावरको ६ करोड ३० लाख ६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २५ लाख ३२ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ९० लाख ८ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ।

प्रतिकृया