बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषय यत्तिकै छाड्नु हुँदैन: सुवासचन्द्र नेम्वाङ
प्रकाशित मिति
२०७९ असार १६ गते, बिहीबार ०१:४७
१६ असार २०७९, काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।

पूर्वसभामुखसमेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई दवाव दिएका हुन्। संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको तर्फबाट एक जना प्रतिनिधि राखेर अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होइनरु यथार्थ कुरा बाहिर आउने पनि स्पष्ट पारे।
उनले भने, ‘बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसदमा। अर्थमन्त्रीजीले होइन भन्नुभयो। अब हो कि होइनरु म अहिले केही भन्दिनँ। तर मेरो के आग्रह हो त भन्दा सांसदहरूले उठाए( अनधिकृत मान्छे प्रवेश गराए भनेर। अर्थमन्त्रीजीले होइन भन्नु भयो। म यसै भन्दिनँ तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोड्न हुन्न। मेरो सुझाव पनि थियो। म यहाँ पनि दोहोर्याउँछु। प्रधानमन्त्रीजीले एक जना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस्। तीन जनाले बालुवाटारमै बसेर वा प्रधानमन्त्री कार्यालयमा बसेर अर्थ मन्त्रालयको फुटेज हेर्दिनोस् २४ घण्टाको। त्यो फुटेज हेर्दिनोस् । त्यो हेरेर तपाईंहरूले भनेजस्तो त देखिएन भनिदिनुस्।’

प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होइन भनेपछि छानबिन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उपनेता नेम्वाङको भनाइ थियो।उपनेता नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने पनि पटकपटक दोहोर्याए।



प्रतिकृया