• २० भदौ २०८३, शनिबार
  • १२ः१३ राती

आज सुन-चाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ११:३७

१६ असार २०७९, काठमाडौंः बिहीबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो। त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १८ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया